विदेशी स्थायी आवासीय अनुमति लिएको आरोपमा नापी अधिकृतसँग फेरि स्पष्टीकरण माग
ratopati.com · Wed Jul 29 02:28:18 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिएको आरोप लागेका एक नापी अधिकृतसँग पुनः स्पष्टीकरण माग गरेको छ ।
मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै नापी विभागअन्तर्गत कार्यरत नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्र तृतीय श्रेणीका नापी अधिकृत आभाष जोशीलाई ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)