नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
annapurnapost.com · Wed Jul 29 02:38:50 GMT 2026
काठमाडौं : आइसिसी विश्वकप लिग - २ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलमा आज नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ। नेदरल्यान्ड्समा भइरहेको यस श्रृङ्खलामा नेपालले सुखद नतिजा निकाल्न सकेको छैन।
पहिलो खेलदेखि नै लगातार ३ हार बेहोरेको नेपाल अन्तिम खेलमा सुखद नतिजासहित घर फर्कन चाहन्छ। नेपालले पहिलो खेलमा नामिबीयासँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपाल नामिबीयासँग ३ रनले पराजित हुन पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)