प्रधानमन्त्रीको अपिल: सुनसरी घटनाका दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्तिको प्रतिबद्धता
barnanmedia.com · Wed Jul 29 02:29:15 GMT 2026

नमस्कार। सुनसरीमा भएको घटनाले हामी सबैलाई गहिरो दुःखी बनाएको छ। सामान्य विवादका रूपमा सुरु भएको घटनाले आक्रोश र हिंसाको रूप लिँदा अमूल्य मानवीय जीवन गुम्न पुग्यो। समाजमा अविश्वास, भय र विभाजनको वातावरण सिर्जना हुनु मानवता बोकेको कुनै पनि व्यक्तिले चाहने अवस्था होइन। दुर्भाग्यवश, घटनाक्रम त्यही दिशातर्फ गयो।
प्रधानमन्त्रीका रूपमा मात्र होइन, यस देशको एक नागरिकका रूपमा पनि म सुनसरीमा भएका घटनाप्रति अत्यन्त दुःखी छु। दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। शोकमा रहेका परिवारहरूको पीडा मैले गहिरो रूपमा महसुस गरेको छु। सरकारले पीडित परिवारलाई यथाशीघ्र न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउनेछ। साथै, यस्ता घटना पुनः दोहोरिन नदिन दोषीलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)