बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते
nagariknews.nagariknetwork.com · Sun Aug 30 11:39:47 GMT 2026

रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ। बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेमध्ये २७ जना उपचारपछि घर फर्किएका छन्। पाँच जनाको उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)