विश्वकप फुटबल बहिष्कार गर्ने युरोपेली देशहरूको चेतावनी, आकस्मिक बैठक बस्दै
clickmandu.com · Wed Jul 29 02:53:53 GMT 2026
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको नयाँ योजनाप्रति युरोपेली फुटबलमा चर्को असन्तुष्टि देखिएको छ । बेलायती पत्रिका द सनका अनुसार केही युरोपेली राष्ट्रले फिफाको प्रस्तावको विरोधस्वरूप विश्वकप बहिष्कार गर्ने विकल्पसमेत छलफल गर्न आपतकालीन बैठक बोलाउने तयारी गरेका छन्।
समाचारअनुसार इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज नामक नयाँ कम्पनी स्थापना गरी त्यसको करिब २० प्रतिशत स्वामित्व निजी लगानीकर्तालाई बिक्री गर्ने योजना अघि सारेका छन्। उक्त कम्पनीले भविष्यमा विश्वकप र क्लब विश्वकपजस्ता प्रमुख प्रतियोगिताको व्यावसायिक अधिकार व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ। यसबाट ३ अर्ब पाउन्डभन्दा बढी रकम उठाउने लक्ष्य रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)