ठूलो परिमाणको लागूऔषधसहित काठमाडौँको गाङखेलबाट तीन नियन्त्रणमा
himalpress.com · Wed Jul 29 03:02:09 GMT 2026

काठमाडौँ- काठमाडौँ महानगरपालिका १४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषध तीन जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया ५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ ५ घर भई हाल ललितपुर महालक्ष्मी थान ६ बस्ने २४ वर्षीय दिपक राई रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
उनीहरूले भारतबाट अवैध रूपले नेपाल ल्याई उक्त लागूऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो। त्यसबेला सो टोलीले उनीहरूको साथबाट डामाडोल नामक लागुऔषध १ लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको एउटा हात्ती गाडी, बागमती प्रदेश ०२-०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान र नेपाली रूपैयाँ समेत बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)