बर्डफ्लु नियन्त्रणमा आएपछि अण्डा र कुखुराको मासु महँगियो
aarthiknews.com

काठमाडौं । केही महिनादेखि नेपाली पोल्ट्री उद्योगलाई ठूलो संकटमा पारेको बर्डफ्लु संक्रमण नियन्त्रणमा आएपछि अण्डा, कुखुराको मासु र चल्लाको बजार विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ। खपत बढ्न थालेसँगै उत्पादन अझै पूर्ण रूपमा पुनःस्थापित हुन नसक्दा बजार मूल्य पनि उकालो लाग्न थालेको हो।
नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ। फार्महरूको दररेटलाई आधार बनाएर ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँ बढाउँदै ५३० रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डाको मूल्य ५०० रुपैयाँ थियो। त्यस्तै मिडियम अण्डा प्रतिक्रेट ४७० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी (सात क्रेट) दुई हजार ९०० रुपैयाँबाट तीन हजार रुपैयाँ निर्धारण गरिएको छ। एक्सएल अण्डाको मूल्य पनि ५१५ रुपैयाँबाट बढेर ५४५ रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)