बर्डफ्लु नियन्त्रणपछि पोल्ट्री बजारमा सुधार, अण्डा र कुखुराको मासुको मूल्य बढ्यो
arthadabali.com · Wed Jul 29 03:46:57 GMT 2026

चितवन / बर्डफ्लु संक्रमण नियन्त्रणमा आएसँगै देशको पोल्ट्री उद्योग पुनः लयमा फर्किन थालेको छ। संक्रमणका कारण घटेको अण्डा, कुखुराको मासु र चल्लाको उत्पादन तथा खपत क्रमशः बढ्न थालेपछि बजार मूल्य पनि उकालो लागेको छ। किसानहरूले लामो समयपछि उत्पादनको उचित मूल्य पाउन थालेका छन् भने उद्योगीहरूले पनि बजारमा सकारात्मक संकेत देखिएको बताएका छन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि अण्डाको समर्थन मूल्य बढाएको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ५०० बाट ५३०, मिडियम रु ४७० बाट ५००, एक्सएल रु ५१५ बाट ५४५ र सानो अण्डाको मूल्य प्रतिपेटी (सात क्रेट) रु २,९०० बाट ३,००० पुर्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)