देशभर चरणबद्ध लागु हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
baahrakhari.com · Wed Jul 29 03:52:37 GMT 2026

काठमाडौं । उपभोक्तालाई स्वच्छ, स्वस्थ तथा गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ देशभर चरणबद्ध रूपमा कार्यान्वयन गरिने भएको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयले ऐन कार्यान्वयनका लागि नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाएको हो ।
पशु सेवा विभागले ऐन कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गरेको छ । यस विषयमा संघ, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरूसँग कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आवश्यक समन्वय र छलफल समेत गरिसकेकी छन् । यसअघि सुर्खेत, हेटौँडा र बुटवलको केही वधशालामा सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)