जापानमा शक्तिशाली भूकम्प : सपिङ मलमा विस्फोट, कम्तीमा ३ को मृत्यु
kendrabindu.com · Wed Jul 29 03:58:43 GMT 2026

काठमाडौं । जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् ।
कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २० वर्ष उमेर समूहका दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना कार्डियोपल्मोनरी अरेस्ट (हृदय र श्वासप्रश्वास बन्द भएको अवस्था) मा भेटिएका छन् । अन्य पाँच जना घाइते भए पनि उनीहरूको अवस्था गम्भीर नरहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)