सुनसरी घटनालाई लिएर गगन थापाको सुझाव: ‘प्रधानमन्त्रीले अहङ्कार त्यागेर सबैलाई समेट्न सक्नुपर्छ’
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई सक्रिय र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सरकार केवल बल प्रयोग र सामाजिक सञ्जालको ‘स्ट्याटस’मा मात्र सीमित हुन नहुने बताएका हुन्। उनले प्रधानमन्त्री वालेन्द्र साह बालेनलाई अहङ्कार त्यागेर सबै पक्षलाई समेट्न र यस्तो संवेदनशील परिस्थितिमा 'ठालु' भएर नबस्न सुझाव दिए। सरकारलाई अभिभावक र नेतृत्वकर्ताको संज्ञा दिँदै थापाले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने, राष्ट्रपतिसँग परामर्श गर्ने तथा प्रदेश र स्थानीय सरकारहरूसँग निरन्तर संवाद गरी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)