१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध
barnanmedia.com · Wed Jul 29 04:03:39 GMT 2026

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध गराउन थालेको छ ।
विभागले मंगलबार एक सूचना जारी गर्दै ‘एएमपिआइएस नेपाल नामक मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिएको हो । एपमार्फत किसान, व्यापारी तथा सरोकारवालाले कृषि उपजको दैनिक थोक मूल्य, मूल्य प्रवृत्ति तथा बजारसम्बन्धी विभिन्न जानकारी सहजै प्राप्त गर्न सक्ने विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)