अमेरिकी–साउदी संयुक्त हवाई आक्रमणमा इराकको पपुलर मोबिलाइजेसन फोर्सेजका अड्डा निशानामा
ratopati.com · Wed Jul 29 04:12:53 GMT 2026

बगदाद । बुधबार बिहान अमेरिका र साउदी अरबले आफ्ना विभिन्न सैन्य अड्डामाथि संयुक्त हवाई आक्रमण गरेको इरान समर्थित इराकी सशस्त्र समूह पपुलर मोबिलाइजेसन फोर्सेजले जनाएको छ । पपुलर मोबिलाइजेसन फोर्सेजले जारी गरेको विज्ञप्तिअनुसार प्रारम्भिक विवरणमा आक्रमणमा धेरै व्यक्तिको मृत्यु तथा घाइते भएको छ भने केही भवनमा पनि क्षति पुगेको छ । यद्यपि मृतक र घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन ।
समूहले उक्त आक्रमणलाई इराकको सार्वभौमिकतामाथिको गम्भीर उल्लङ्घन तथा देशका आधिकारिक सुरक्षा निकायमाथिको हमला भएको भन्दै कडा निन्दा गरेको छ । उता अमेरिकी सेना र साउदी अरबको सेनाले भने इराकमा रहेका इरान समर्थित सशस्त्र समूहहरूमाथि संयुक्त आक्रमण गरिएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार अमेरिकी सैनिक र साउदी अरेबियाको तेल पूर्वाधारमाथि भएका आक्रमणको जवाफस्वरूप यो सैन्य कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)