संवेदनशील घडीमा संयमता, संवाद र राष्ट्रिय एकता अपरिहार्य छ : प्रचण्ड
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीमा विकसित पछिल्लो परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो संवेदनशील घडीमा सबै पक्षलाई संयमता अपनाउन तथा सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न आह्वान गरेका हुन्। विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपद् र संविधान निर्माणका जटिल चरणहरूमा दलहरूले देखाएको राष्ट्रिय एकताको स्मरण गराउँदै उनले अहिलेको समयमा पनि सोही स्तरको राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीबोध आवश्यक रहेकोमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)