आज गुरु पूर्णिमा: गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने विशेष दिन
kalakarmi.com · Wed Jul 29 04:16:59 GMT 2026

काठमाडौं- आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा देशभर श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदै छ। ज्ञान, शिक्षा, संस्कार तथा जीवनलाई सही मार्गमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने दिनका रूपमा यो पर्वलाई विशेष महत्वका साथ मनाउने परम्परा रहेको छ ।
वैदिक सनातन परम्पराअनुसार गुरु पूर्णिमाको दिन गुरुको पूजा–आराधना गर्ने, आशीर्वाद लिने तथा ज्ञानप्रतिको समर्पण व्यक्त गर्ने चलन छ। विशेषगरी वेद, उपनिषद्, गायत्री मन्त्र, योग, ध्यान तथा आध्यात्मिक शिक्षा प्रदान गर्ने गुरुहरूको सम्मान गर्दै उनीहरूबाट दीक्षा र आशीर्वाद ग्रहण गर्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)