ट्रकको ठक्करबाट कपिलवस्तुमा ३ जनाको मृत्यु
annapurnapost.com · Wed Jul 29 04:22:44 GMT 2026

कपिलवस्तु : कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका २ सर्वसाधारण र १ बालकको मृत्यु भएको हो।
मृत्यु हुनेहरूमा महाराजगंज नगरपालिका ३ गनवरियनका ७० वर्षीय र्घोल्लर कुर्मी र ४५ वर्षीय विजय कुमार गुप्ता रहेका छन्। यसैगरी सोही ट्रकको ठक्करबाट महाराजगंज नगरपालिकाका स्थानीय १२ वर्षीय बालक आनन्द कश्यपको पनि मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)