जापानमा शक्तिशाली भूकम्प : १३ जनाको मृत्यु, दर्जनौँ घाइते
nagariknews.nagariknetwork.com · Wed Jul 29 04:25:28 GMT 2026

जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मंगलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
भूकम्पका कारण सपिङ मल, औद्योगिक प्रतिष्ठान, सडक, पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुगेको छ। हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले बताएका छन्। स्थानीय समयअनुसार मंगलबार अपराह्न ४ः२७ बजे आएको भूकम्प जापानको सिन्डो स्केलमा उच्च स्तरमा मापन गरिएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले यसको तीव्रता ६.८ म्याग्निच्युड र केन्द्रविन्दुको गहिराइ १० किलोमिटर रहेको बताएको छ भने जापानी अधिकारीहरूले यसलाई ७.१ म्याग्निच्युडको भूकम्प बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)