वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने
shilapatra.com · Wed Jul 29 04:37:00 GMT 2026

नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो । ७९ वर्षीय श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)