श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा, थापाले ओढाए झण्डा
annapurnapost.com · Wed Jul 29 04:55:33 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ। श्रेष्ठको पार्थिव शरीरमा कांग्रेस सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् । अहिले श्रद्धाञ्जली दिनेक्रम जारी रहेको छ।
लामो समयदेखि क्यान्सरबाट पीडित श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिओस अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा मंगलबार निधन भएको हो। श्रेष्ठ करिब एक वर्षदेखि क्यान्सरको उपचारमा थिए। उनले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)