ठूला नदीको जलसतह सतर्कता तहभन्दा तलै
baahrakhari.com · Wed Jul 29 05:01:00 GMT 2026

काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । साना नदी तथा खोलामा बाढीको जोखिम रहे पनि ठूला नदीमा भने नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहानको मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तल रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)