गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
nepalnews.com · Wed Jul 29 05:04:54 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीगत शोक मनाउने निर्णय गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो। ७९ वर्षीय श्रेष्ठको मंगलबार ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)