आज पनि घट्यो सुनको भाउ
himalpress.com · Wed Jul 29 05:56:02 GMT 2026

काठमाडौँ- सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार ४ हजार ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा थियो । सोमबार १ हजार ४०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ थियो । आइतबार १ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)