सर्वदलीय बैठकमा स्वर्णिम- प्रधानमन्त्रीले पहल लिइरहनुभएको छ
nepalpress.com · Wed Jul 29 06:05:02 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन्। रास्वपाका सभापति रवि लामिछानेले राखेको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी भएका मन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
उनले भने, ‘सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ । उहाँकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)