विपद्मा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
kathmandupati.com · Sun Aug 30 12:02:09 GMT 2026

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आईतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसी पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)