नारायणी दोभानमा सेनाको निरन्तर खोज तथा उद्धार
gorkhapatraonline.com · Sun Aug 30 12:03:07 GMT 2026

रसुवामा आएको बाढीको प्रभावपछि चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
भाद्र १० गते बिहान बाढी आएलगत्तैदेखि श्री नयाँ गोरख गणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार कार्य सुरु गरेको गणपति प्रमुख सेनानी राजेन्द्र बानियाँले जानकारी दिनुभयो। उहाँका अनुसार खोज तथा उद्धारका क्रममा नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गोलाघाट, दिव्यपुरी र गजिपुरलगायत विभिन्न स्थानबाट हालसम्म ७० शव फेला पारिएको छ। फेला परेका शव आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझाइएको बानियाँले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)