नेपालमा वयस्क बाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा बढी
nepalpress.com · Wed Jul 29 06:12:36 GMT 2026

चितवन । नेपालमा पछिल्लो राष्ट्रिय बाघ गणना २०८२ को नतिजा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। सार्वजनिक तथ्यांक अनुसार देशभरका संरक्षित क्षेत्र तथा तिनीहरूसँग जोडिएका वन क्षेत्रहरूमा गरी कुल ४२९ वटा वयस्क बाघ फेला परेका छन्।
बाघको मुख्य बासस्थान मानिएका देशका पाँचवटा राष्ट्रिय निकुञ्ज र तिनीहरूका आसपासका वन क्षेत्रहरूमा गरिएको विस्तृत अध्ययन तथा गणना पछि यो नतिजा निकालिएको हो। जस अनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्ज र त्यससँग जोडिएको वन क्षेत्रमा पाइएका छन्, जहाँ कुल १४५ वटा वयस्क बाघ सूचीकृत भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)