धेरै लामो प्रम्प्ट दिँदैमा च्याटजीपीटीबाट आउँदैन राम्रो नतिजा, यस्तो छ ओपनएआईको नयाँ गाइड
techpana.com · Wed Jul 29 06:39:19 GMT 2026

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूलाई जति धेरै लामो र विस्तृत निर्देशन (प्रम्ट) दियो, त्यति नै राम्रो नतिजा आउँछ भन्ने आम बुझाइलाई ओपनएआईको नयाँ गाइडले गलत साबित गरिदिएको छ । च्याट जीपीटीको पछिल्लो संस्करण जीपीटी-५.६ (GPT-5.6) सार्वजनिक भएसँगै कम्पनीले उत्कृष्ट प्रम्प्टिङ अभ्यासहरूबारे नयाँ निर्देशिका जारी गरेको छ । यस अनुसार स्पष्ट र छरितो प्रम्प्टले मात्र उत्कृष्ट नतिजा दिने तथ्य ओपनएआई आफैंले पुष्टि गरेको हो ।
ओपनएआईको आन्तरिक परीक्षण अनुसार, अनावश्यक निर्देशनहरू हटाएर छरितो प्रम्प्टहरूको प्रयोग गर्दा एआई मोडेलको मूल्याङ्कन स्कोर (Evaluation scores) मा १० देखि १५ प्रतिशतले सुधार आउँछ । यसका साथै, कूल टोकन खपत ४१ देखि ६६ प्रतिशतसम्मले घट्ने र प्रयोगकर्ताको लागतमा ३३ देखि ६७ प्रतिशतसम्म कमी आउने कम्पनीको भनाइ छ । लार्ज ल्याङ्ग्वेज मोडेलहरू (LLMs) लाई छोटो उत्तर दिन सीमित गर्दा अझ सटीक नतिजा आउने समेत अनुसन्धानले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)