टोखाको मिठो झोल म.म.मा कपाल भेटिँदा २० हजार जरिवाना,पुनः गल्ती गरे कडा कारबाही गर्ने चेतावनी
ajakoartha.com · Wed Jul 29 06:48:00 GMT 2026

काठमाडौं- टोखा रोड ग्रिल्याडमा सञ्चालित (मिठो झोल) म.म. मा कपाल भेटिएपछि कारबाहीमा परेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले म।म।मा कपाल भेटिएको समाचार र भिडियो तथ्यसहित सार्वजनिक भएपछि अनुगमन गरेर कारबाही गरेको हो । उक्त पसललाइ २० हजार जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) इश्वरराज पौडेलले जानकारी दिए ।
उनका अनुसार पसलले यस प्रकारको त्रुटि पहिलोपटक गरेको हुँदा हाललाई जरिवानासहित सचेत गराई चेतावनी दिइएको जनाए । अनुगमन टोलीले पसल सञ्चालकलाई खाना तयार गर्दा अपनाउनुपर्ने स्वच्छता मापदण्ड तथा खाद्य वस्तु ढाकछोप गर्नेलगायतका विषयमा कडा निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)