हुण्डीमार्फत करिब दुई अर्बको अवैध कारोबार गर्ने रिजाल पक्राउ
clickmandu.com · Wed Jul 29 06:58:44 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हुण्डीमार्फत करिब दुई अर्ब रुपैयाँ बराबरको अवैध वित्तीय कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ जिल्ला, सत्यदेवी–८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन् । केही व्यक्तिहरूले हुण्डी कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा ब्यूरोले गरेको बैंकिङ कारोबार विश्लेषणका क्रममा रिजालको संलग्नता पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)