कप्तानगञ्जको अवस्था सामान्य बन्दै, छानबिन टोली र जिल्ला सुरक्षा समिति घटनास्थलमै
annapurnapost.com · Wed Jul 29 06:54:42 GMT 2026

सुनसरी : सुनसरीको देवानगञ्ज–३ को कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न तनाव क्रमशः साम्य बन्दै गएको छ । बुधबारदेखि सुरक्षा व्यवस्था थप सुदृढ बनाइएपछि स्थानीय अवस्था पहिलेको तुलनामा शान्त देखिएको छ । घटनाको छानबिन गर्न गठित सरकारी समिति, जिल्ला सुरक्षा समिति तथा प्रशासनको टोली बुधबार कप्तानगञ्ज पुगेर घटनासम्बन्धी यथार्थ विवरण संकलनमा जुटेको छ ।
टोलीले मृतक तथा घाइतेका परिवार, स्थानीय बासिन्दा र सरोकारवालासँग भेटघाट गरी घटनाबारे जानकारी लिइरहेको छ । स्थानीय पीडितहरूले सुरक्षा अधिकारीहरूसँगको छलफलमा केही व्यक्तिले लामो समयदेखि समुदायमा दबाब र थिचोमिचो गर्ने गरेको तथा गाई काटिएका घटनामा समेत प्रभावकारी कानुनी कारबाही नभएको गुनासो गरेका छन् । उनीहरूले घटनाका मुख्य अभियुक्त र गोली चलाउने प्रहरीमाथि निष्पक्ष छानबिन गरी कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)