इन्टरनेट पूर्वाधारलाई थप सुदृढ बनाउने सम्झौता
newsofnepal.com · Wed Jul 29 07:00:47 GMT 2026

काठमाडौं, (नेस) ।
दक्षिण एसियाली क्षेत्रमा इन्टरनेट पूर्वाधारलाई थप सुदृढ बनाउने उद्देश्यले एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपीएनआईसी) र साउथ एसिया नेटवर्क अपरेटर्स ग्रुप (सानोग) बीच समझदारी भएको छ ।समझदारीपत्रमा एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टरका महानिर्देशक जिया रोङ लो र साउथ एसिया नेटवर्क अपरेटर्स ग्रुपका अध्यक्ष रूपेश श्रेष्ठले हस्ताक्षर गरेका छन्। उक्त सहकार्यले खुला, स्थिर र सुरक्षित इन्टरनेट विकासका लागि दुवै संस्थाबीच सहकार्यको आधार तयार गर्ने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)