झन्डै दुई अर्बको हुन्डी कारोबार आरोपमा गौरीघाटबाट एकजना पक्राउ
annapurnapost.com · Wed Jul 29 07:05:18 GMT 2026

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धादिङ सत्यदेवी-८ घर भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका-८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन्।
गोप्य सूचनाको आधारमा रिजालको बैंकिङ कारोबारसम्बन्धी अनुसन्धानका क्रममा उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ बराबरको रकम हुन्डीमार्फत कारोबार गरेको देखिएको प्रहरीको दावी छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)