जसपा नेपालको पुरानो केन्द्रीय समितिको बैठक बस्दै
ratopati.com · Wed Jul 29 07:20:26 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज केन्द्रीय समितिको बैठक बोलाएको छ ।
जसपा नेपालले आफ्नो पुरानो केन्द्रीय समितिको बैठक बोलाएको हो । लोसपा नेपालसँग एकता भएको ६ महिना पुगिसकेको छ । तर, एकताले पूर्णता नपाएकाले दुवै दलले छुट्टाछुट्टै बैठक बस्न थालेका छन् । साउन ३ गते जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक बसेको थियो भने लोसपा नेपालको पनि कार्यकारिणी समितिको बैठक बसिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)