ओमानद्वारा स्ट्रेट अफ होर्मुज व्यवस्थापनका लागि इरानलाई नयाँ प्रस्ताव
ratopati.com · Wed Jul 29 07:22:13 GMT 2026

मस्कट । ओमानले खाडी सहयोग परिषद् (जीसीसी) राष्ट्रहरूको समर्थनमा स्ट्रेट अफ होर्मुजको संयुक्त व्यवस्थापनका लागि इरानलाई नयाँ प्रस्ताव पेस गरेको छ । प्रस्तावमा उक्त जलमार्ग प्रयोग गर्ने जहाजबाट स्वैच्छिक शुल्क सङ्कलन गर्ने व्यवस्था समावेश रहेको रोयटर्सले कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ ।
यो प्रस्ताव अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण प्रभावित भएको स्ट्रेट अफ होर्मुजमार्फत हुने अन्तर्राष्ट्रिय व्यापारलाई सामान्य अवस्थामा फर्काउने उद्देश्यले ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)