सगरमाथामा जलवायु संकट गहिरिँदै, अनुभवी आरोहीलाई मात्र अनुमति दिन सुझाव
kalakarmi.com · Wed Jul 29 07:16:07 GMT 2026

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको असर बढ्दै गएकाले आरोहण अनुमति अनुभव र योग्यताका आधारमा दिनुपर्ने सगरमाथा आरोही पासाङ दावा शेर्पाले बताएका छन् । शेर्पाले हाल सम्म ३१ पटक सगरमाथाको सफल आरोहण गसिकेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईसँगको विशेष कुराकानीमा अनुभवी आरोही शेर्पाले हिमाली क्षेत्रको मौसम, हिउँ पर्ने समय र आरोहण मार्गमा देखिएका परिवर्तनले जोखिम बढाइरहेको बताएका हुन् । उनले सगरमाथामा आरोहण अनुमति संख्या मात्र सीमित गर्नुभन्दा अनुभवी र योग्य आरोहीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
‘सगरमाथाको शिखर आरोहणका लागि कति जनालाई अनुमति दिने भन्ने निश्चित संख्या म भन्न सक्दिनँ, तर अनुमति दिँदा अनुभव र योग्यतालाई बढी ध्यान दिनुपर्छ,’ उनले भने । उनका अनुसार युरोपको एल्ब्रुस, अमेरिकाको डेनाली र अफ्रिकाको किलिमन्जारो जस्ता हिमाल आरोहण गरिसकेका आरोहीलाई प्राथमिकता दिँदा सगरमाथा आरोहण थप सुरक्षित र व्यवस्थित बन्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)