जेलेन्स्की-नेतन्याहू भेटले बढायो नयाँ शक्ति समीकरणको चर्चा, रूस-इरानविरुद्ध सहकार्यको संकेत ?
kalakarmi.com · Wed Jul 29 07:33:37 GMT 2026
वासिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच अमेरिकाको वासिङ्टनमा भएको भेटवार्ताले अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ बहस सुरु गरेको छ । रूस-युक्रेन युद्ध र मध्यपूर्वको तनावका बीच भएको यो भेटलाई विश्लेषकहरूले नयाँ रणनीतिक समीकरणको संकेतका रूपमा व्याख्या गरेका छन् ।
दुवै नेता दिवंगत अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अन्त्येष्टिमा सहभागी हुन वासिङ्टन पुगेका थिए । इरानविरुद्ध कडा अडान र युक्रेनलाई निरन्तर समर्थन गर्ने नेताका रूपमा चिनिएका ग्राहमको अन्त्येष्टिको अवसरमा भएको यो भेटलाई सामान्य शिष्टाचारभन्दा बढी महत्वका साथ हेरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार रूस र इरानबीच बढ्दो सैन्य सहकार्यका कारण युक्रेन र इजरायलबीच सुरक्षा तथा रणनीतिक समन्वय बढ्न सक्ने सम्भावना देखिएको छ । यसले युरोप र मध्यपूर्वका दुई फरक युद्धलाई एउटै भूराजनीतिक समीकरणमा जोड्ने जोखिमसमेत बढाएको उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)