विपद्का एकैदिन ४२ घटना, तीन जनाको मृत्यु
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ । एकैदिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का ४२ वटा घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १०ः०० बजेदेखि साउन १२ गते बिहान १०ः००सम्मको विवरणअनुसार विपद्का घटनाबाट १० जिल्ला प्रभावित भएका छन् । यो अवधिमा तीन जनाको मृत्यु भएको, २१ जना घाइते भएको र कोही पनि बेपत्ता नभएको प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)