युक्रेन र इरान युद्ध ‘मर्ज’ हुने जोखिम
clickmandu.com · Wed Jul 29 07:36:00 GMT 2026

काठमाडौं । क्यास्पियन सागरमा हालै भएका सैन्य गतिविधिहरू र युक्रेनी नेतृत्वले चालेका रणनीतिक कदमहरूका कारण विश्व राजनीतिमा अत्यन्तै गम्भीर र खतरनाक घटनाक्रम विकसित भएको देखिन्छ । यसबाट युरोपमा चलिरहेको युक्रेन युद्ध र पश्चिम एसियामा चलिरहेको इरान–इजरायल तनाव एउटै विशाल रणभूमिमा समाहित हुने संकेतहरू देखिएका छन् ।
लामो समयदेखि अलग–अलग रहेका यी दुई युद्धक्षेत्रहरू अब एकअर्कासँग मिसिन थालेका छन् । त्यसले विश्वलाई तेस्रो विश्वयुद्धको सँघारमा पुर्याउन सक्ने जोखिम बढाएको छ । विशेषगरी युक्रेनले क्यास्पियन सागरमा आक्रमण गरी आफूलाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको इरान केन्द्रित एजेन्डासँग जोड्दै आफ्नो अस्तित्व रक्षाको नयाँ बाटो खोजिरहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)