वीरगन्ज घटनाको विरोधमा मकवानपुरका स्वास्थ्य संस्था बन्द
ratopati.com · Wed Jul 29 07:41:13 GMT 2026

हेटौँडा । चिकित्सक संघ मकवानपुरले वीरगन्ज घटनाको विरोधमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत चिकित्सक सङ्घ मकवानपुरले वीरगन्जमा भएको स्वास्थ्यकर्मी माथिको घटनाबारे ज्ञापन पत्र बुझाएको हो ।
बुधबार दिउँसो १ बजे जिल्लाभरका स्वास्थ्यकर्मीहरूलाई नेपाल चिकित्सक सङ्घ मकवानपुरको कार्यालय (हेटौँडा अस्पताल) मा जम्मा भई जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)