रुइला र ङुइला नाका खुले, स्थानीयलाई भएन राहत
annapurnapost.com · Wed Jul 29 07:43:27 GMT 2026

गोरखा : उत्तरी गोरखा र तिब्बतबीचको रुइला र ङुइला नाका दुई साताअघि खुल्यो। नाका खुल्नेबित्तिकै सीमा क्षेत्रवासीहरू यताका सामान उता बेच्न र उताका सामान किन्न लावालस्कर लागेर गए।
यसपटक नाका खुलेर खासै राहत महसुस नभएको फर्केर आएपछि प्रतिक्रिया दिएका छन्। ‘अचेल त पहिलोजस्तो छैन। म त पोहोर साल नै वाक्कै भएर अबदेखि जान्न भनेर बसेको’, चुमनुब्री—७ का पासाङ लामा भन्छन्, ‘तर सानो काम परेर गएँ। जान त गएँ, तर अवस्था देखेर दु : ख लाग्यो। एउटा घरमा दुई, तीनवटा घोडा हुन्छन्। आफ्नै घोडामा बोकाएर सामान ल्याउन पाए सस्तो पथ्र्यो, तर एउटाभन्दा धेरै घोडा लैजान नपाउने नियम बनाएछन्। अनि यताबाट किरा, वनलसुनजस्ता जडीबुटी बोकेर लगेको, त्यहाँ भाउ नपाएर गाउँलेहरू हैरान भएका छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)