नारायणी अस्पताल घटनाको विरोधमा माइतीघरमा चिकित्सकको प्रदर्शन
swasthyakhabar.com · Wed Jul 29 07:51:16 GMT 2026

काठमाडौं- नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोधमा नेपाल चिकित्सक संघ (एनएमए) ले आन्दोलनलाई थप तीव्र बनाएको छ। सोही क्रममा बुधबार काठमाडौंको माइतीघर मण्डलामा चिकित्सकहरूले प्रदर्शन गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका चिकित्सकहरूले लगातार दोस्रो दिन पनि ओपीडी सेवा बन्द गरेका छन्। आकस्मिक तथा अत्यावश्यक सेवा भने सञ्चालनमै रहेको चिकित्सकहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)