धिमाल समुदायको मातृभाषा संरक्षणमा जोड
rajdhanidaily.com · Wed Jul 29 07:56:55 GMT 2026

झापा । धिमाल समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, मातृभाषा संरक्षण र राजनीतिक सहभागिताजस्ता क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको सो समुदायका अगुवाहरूले बताएका छन् ।
झापा र मोरङका विभिन्न स्थानीय तहले धिमाल समुदायलाई प्रथम नागरिक वा पहिलो जातिका रूपमा मान्यता दिएका छन् । दमक नगरपालिकाले २०७४ सालमा धिमाल समुदायलाई प्रथम नागरिक घोषणा गरेपछि बेलबारी, पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकाले पनि सोही मान्यता दिएका छन् । धिमाल समुदायको जातिरी पर्व समापन हुने गत असार २ गते केही स्थानीय तहले सार्वजनिक बिदासमेत दिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)