‘आमा’ र ‘कुमारी’ सहित १० ऐतिहासिक चलचित्र जाँचपास
ratopati.com · Wed Jul 29 08:03:23 GMT 2026

काठमाडौं । तत्कालीन शाही नेपाली चलचित्र संस्थानद्वारा निर्माण गरिएका १० वटा ऐतिहासिक नेपाली चलचित्रहरूको जाँचपास (सेन्सर) भएकाे छ । चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका यी चलचित्रले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका हुन् ।
जाँचपाससम्बन्धी प्रमाणपत्र समितिका अध्यक्ष उदयबहादुर राणाले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई हस्तान्तरण गरे । चलचित्रहरू यसअघि नै डिजिटाइज गरिए पनि कानुनी प्रक्रियाअनुसार जाँचपास प्रमाणपत्र नहुँदा सार्वजनिक रूपमा प्रदर्शन गर्न बाधा पुग्दै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)