गुरु पूर्णिमामा सेलिब्रिटी: कसैले आमालाई सम्झिए, कसैले जीवन बदल्ने गुरुलाई
kalakarmi.com · Wed Jul 29 08:07:18 GMT 2026

काठमाडौं– नेपालभर आज श्रद्धा तथा सम्मानका साथ गुरु पूर्णिमा मनाइँदै गर्दा नेपाली कला, संगीत, फिल्म तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत आफ्ना गुरुहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । कसैले आफ्नी आमालाई पहिलो गुरुका रूपमा स्मरण गरेका छन् भने कसैले विद्यालय, संगीत, अभिनय र जीवनका विभिन्न चरणमा मार्गदर्शन गर्ने गुरुहरूलाई सम्मानपूर्वक सम्झिएका छन् ।
अभिनेत्री बेनिशा हमालले आफ्नो अभिनय यात्राको सुरुवात गराउने र अभिनयसँगै अनुशासन, समर्पण तथा जीवनका महत्वपूर्ण पाठ सिकाउने दुई गुरुहरू सुनिल पोखरेल तथा विरेन्द्र हमालप्रति विशेष कृतज्ञता व्यक्त गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)