बलिउडका अभिनेता तथा निर्देशक सुनील आनन्दको निधन
kendrabindu.com · Wed Jul 29 08:08:42 GMT 2026

काठमाडौं । बलिउडका दिग्गज अभिनेता स्वर्गीय देव आनन्दका छोरा तथा अभिनेता–निर्देशक सुनील आनन्दको ७० वर्षको उमेरमा निधन भएको छ। परिवारले जारी गरेको वक्तव्यअनुसार उनको २६ जुलाईमा लन्डनमा हृदयघातका कारण निधन भएको हो।
सुनील आनन्दले सन् १९८४ मा ‘आनन्द और आनन्द’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका थिए। अभिनयसँगै उनले फिल्म निर्देशन र निर्माणमा पनि योगदान दिएका थिए, यद्यपि उनी आफ्ना पिता देव आनन्दजत्तिकै व्यावसायिक सफलता हासिल गर्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)