क्षेत्रीय युद्धबाट टाढा रहन खोजेको साउदी अरब अब तीन मोर्चाको दबाबमा
barnanmedia.com · Wed Jul 29 08:15:17 GMT 2026

रियाद । विगत पाँच महिनादेखि पश्चिम एसियामा बढ्दो द्वन्द्वबाट आफूलाई टाढा राख्ने प्रयास गरिरहेको साउदी अरब अहिले भने युद्धको केन्द्रतर्फ तानिएको देखिएको छ ।
इरानसँग कूटनीतिक सम्पर्क कायम राख्दै क्षेत्रीय तनाव कम गर्ने नीति अपनाएको साउदी अहिले इरान, इरान समर्थित इराकी सशस्त्र समूह तथा यमनका हुथी विद्रोहीबाट एकैसाथ सुरक्षा चुनौती सामना गरिरहेको छ । पछिल्ला घटनाक्रमले साउदी अरबलाई केवल आफ्नो रक्षा गर्ने अवस्थाबाट प्रत्यक्ष सैन्य कारबाहीमा उत्रिन बाध्य बनाएको विश्लेषकहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)