मकवानपुर १ मा सिंहलाई जिताउन अध्यक्ष लिङ्देनको दौडधूप
farakdhar.com · Mon Nov 14 16:29:46 GMT 2022
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा उम्मेदवारहरुको सक्रियता बढिरहेको छ । उनीहरु कसरी मत आफ्नो पक्षमा ल्याउने भन्ने गृहकार्यमा तल्लीन छन् । देशका विभिन्न निर्वाचन क्षेत्रबाट आफ्नै पार्टीका सांसद चुनेर सदनमा लैजान राजनीतिक दलका शीर्ष नेताहरु लागिपरेका छन् । सोहीअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पाँच दिनको बीचमै दुईपटक मकवानपुरको चुनावीसभालाई सम्बोधन गर्न कुदिरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन आफैँ प्रतिनिधिसभा सदस्यको लागि झापा क्षेत्र नम्बर ३ का उम्मेदवार समेत हुन् । अहिले उनलाई आफ्नो मतदातासँगको भेटघाट गर्ने चटारो छ । आफ्नो जित सुनिश्चित गर्न मतदाता सामु पुग्नुपर्ने समयलाई व्यवस्थापन गर्दै लिङ्देन मकवानपुर केन्द्रित भइरहेका छन् । गत बिहीबार मात्रै मकवानपुरको बकैया गाउँपालिकाको बृहत् आमसभालाई सम्बोधन गर्न आइपुगेका उनी हेलिकोप्टर चार्डर गरेर सोमबार राप्रपा मकवानपुरले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्न आइपुगे । पाँच दिनको बीचमा दुईपटक सम्म एउटै जिल्लाको एउटै निर्वाचन क्षेत्रमा लिङ्देन धाइरहनुको कारण चाखलाग्दो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)