सर्वदलीय बैठक: सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा अपिल
nepaltvonline.com · Wed Jul 29 08:43:08 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकले सुनसरीलगायत देशका विभिन्न जिल्लामा विकसित संवेदनशील घटनाक्रम र त्यसबाट उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपिल गरेको छ ।
सर्वदलीय बैठकले सात बुँदे संयुक्त वक्तव्य जारी गर्दै उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्तिसहित राहत उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)