ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण अदालतको आदेश अनुसार नै हुन्छ : विभाग
ratopati.com · Wed Jul 29 08:47:40 GMT 2026

काठमाडौँ । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को स्वास्थ्य परीक्षण सबै चिकित्सक र क्लिनिकहरूका लागि खुला गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले ब्रेक लगाइदिएको छ । अदालतले सूचीकृत क्लिनिकहरूको सेवामा कुनै अवरोध नगर्न र साबिककै व्यवस्था अनुसार सेवा सुचारु राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
यो आदेशसँगै यातायात व्यवस्था विभागले अदालतको आदेश अनुसार अघि बढ्नुको विकल्प नभएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)