देवानगन्ज घटनापछि सीमामा परिचयपत्र अनिवार्य, ‘हाइ अलर्ट’ मा सुरक्षा निकाय
annapurnapost.com · Wed Jul 29 08:47:06 GMT 2026

विराटनगर : सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको घटनापछि कोशी प्रदेशका भारतसँग सीमा जोडिएका जिल्लाका सबै प्रमुख नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सम्भावित घुसपैठ, धार्मिक संगठनको आवरणमा नेपाल प्रवेश गर्ने समूह,हातहतियार तथा लागुऔषधको अवैध ओसारपसार रोक्न सुरक्षा निकायमार्फत सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको हो ।
सुरक्षा निकायका अनुसार अब भारतबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा परिचयपत्र (आईडी कार्ड) देखाउनुपर्नेछ । वैध परिचयपत्र भएका व्यक्तिलाई मात्रै नेपाल प्रवेश गर्न दिइने व्यवस्था लागू गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)